तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगर गाउँमा करेन्ट लागेर एक जनाको मुत्यु भएको ।

आज (बिहीबार) सडक उज्यालो सौर्य बिजुलीको पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर स्थानीय १७ वर्षीय राजेश रावतको मृत्यु भएको मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते हुनुभएका सोही ठाउँका २३ वर्षीय शंखु चौलागाईं उपचारपछि घर फर्किनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button