झापामा आजदेखि मादकपदार्थ बिक्री–वितरणमा रोक

भद्रपुर, झापा । झापामा आजदेखि मादकपदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै मादकपदार्थ बिक्री–वितरणमा रोक लगाएको हो ।
निर्वाचन परिणाम नआउन्जेल सम्मका लागि सूचना जारी गरिएको बताइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७९ को दफा ६ (थ) मा भएको व्यवस्था अनुसार कार्य गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
यस्तै, आजै राति १२ बजेदेखि जिल्लाका भारतसँगको सबै सीमा नाका ७२ घण्टाका लागि बन्द रहने पनि प्रजिअ रिजालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्