सप्तरीमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहने

सप्तरी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवा कटौती गर्ने भएको छ ।
कार्यालयका अधिकांश कर्मचारीहरू निर्वाचनको तयारी र मतदान केन्द्रहरूमा खटिने हुँदा मङ्सिर १ गतेदेखि ५ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
त्यसैगरी, निर्वाचनका लागि सप्तरीसँग जोडिएका नेपाल–भारत सीमा नाकाहरू तीन दिनसम्म बन्द हुने भएको छ ।
मङ्सिर १ गते राति १२ बजेदेखि २०७९ मङ्सिर ४ गते राति १२ बजे सम्म ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सप्तरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा तथा नाकाहरू बन्द गर्न लागिएको प्रजिअ थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्