तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ ।

महासङ्घको हालै सम्पन्न साधारण सभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । उहाँका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा रु २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा रु ३० हजार उपचार सहयोग दिइने भएको छ ।

पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई रु ५० हजार उपलब्ध गराइने समेत उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि रु एक करोडको पत्रकार उपचार कोष स्थापना गरेको छ । सो कोषमा दाताबाट सहयोग उठाएर हाल रु ६४ लाख जम्मा भइसकेको छ । कोषको ब्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यस अघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button