तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

कास्की । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । उहाँलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्नुभएको हो ।

चुनावमा सत्ता गठबन्धनलाई असहयोग गरेको र विपक्षीसँग साँठगाँठ गरेको भन्दै उहाँलाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री पोखरेल र कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको बताइएको छ।

खड्कालाई बर्खास्त गरेर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँसँग राख्नुभएको छ । खड्का २०७४ सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहनुभएको थियो । यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button