तपाईँ सुन्दै हुनुहुन्छः

सोलुमा पाँच सय बढी अस्थायी मतदाता

सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा पाँच सय बढी अस्थायी मतदाता रहेका छन् । 

मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावका लागि जिल्लामा ५२५ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थायी ठेगाना अन्यत्र भएर मतदाता नवमालीमा नाम भएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीहरूले अस्थायी मतदाता नवमालीमा नाम समावेश गर्न पाउने कार्यालयले जनाएको छ ।

अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो । 

जिल्लामा दर्ता भएका अस्थायी मतदाताहरूका लागि आफू खटिएका मतदान केन्द्रबाटै प्रतिनिधिसभाका समानुपातिकतर्फ मतदान गर्ने गरी व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल मतदाता ८१ हजार ५०२ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button