खाली जग्गा भाडामा लिएर पार्किङ बनाउँदै पोखरा महानगर
कास्की । पोखरा महानगरपालिकाले मुख्य सडकसँग जोडिएका खाली जग्गाहरू भाडामा लिएर पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने भएको छ ।

सडकमा जथाभाबी गरिने पार्किङका कारण दुर्घटनाको जोखिम बढेपछि सडकसँग जोडिएका तर, कुनै पनि प्रयोजनमा उपयोग नभई खाली रहेका जग्गाहरू महानगरपालिकाले भाडामा लिएर पार्किङको रूपमा उपयोग गर्न लागेको हो ।
महानगरपालिकाले गरेको सार्वजनिक आह्वान अनुसार सम्पर्कमा आएका जग्गा धनीहरूसँग आवश्यक सम्झौता गरी ती जग्गाहरूलाई पार्किङका लागि उपयोग गर्ने महानगरको तयारी छ ।

‘महानगरले पोखराको ट्राफिकलाई थप व्यवस्थित गर्ने गरि सडकमा गरिने पार्किङलाई पूर्ण रुपमा विस्थापनको तयारी गर्दै छ, महानगरपालिकाका प्रमुख धनराज आचार्यका स्वकीय सचिव खेमराज आचार्यले भन्नुभयो, अहिले बेसमेन्ट पार्किङहरू खाली गर्नेदेखि महानगरको मुख्य सडकसँग जोडिएका खाली जग्गाहरूलाई पनि पार्किङ कै लागि उपयोग गरिदैँछ ।’ भाडामा लिइएका ती जग्गाहरूमा स्थायी प्रकृतिका कुनै पनि संरचनाहरू निर्माण नगरिने उहाँले बताउनुभयो ।
सम्भव भएसम्म महानगरले मुख्य सडकसँग जोडिएका सबै खाली स्थानलाई पार्किङका रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्