तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा राजनैतिक क्रान्तिको उर्वर भूमि : अध्यक्ष दाहाल 

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट मुलुकको कायापलट हुने बताउनुभएको छ । 

गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित छेकम्पारमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले राजनैतिक क्रान्तिको उर्वर भूमि रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला भएको बताउँदै यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने  बताउनुभयो । 

उहाँले यतिबेला संविधान पक्षधर र संविधानका विरोधीहरूको लडाइ रहेको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button