एमाले अध्यक्ष ओली आज सुर्खेत आउँदै

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सुर्खेतमा हुने बृहत् चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले सुर्खेतले आयोजना गरेको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सुर्खेत आउँदै हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई वीरेन्द्रनगर घण्टाघर पश्चिमपट्टिको मैदानमा हजारौँ जनसमुदायको सहभागिता रहने गरी आवश्यक सम्पूर्ण तयारीहरू पुरा गरिएको एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनु भयो ।
उहाँले जनसभामा चर्चित लोक गायक बद्री पङ्गेनीसहितका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहेको बताउनु भयो । उहाँका अनुसार आजै दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्