निर्वाचन कार्यालय गोरखाद्वारा ६३४ जना कर्मचारीलाई तालिम प्रदान
गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा खटिएर जाने ६३४ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १७१ वटा केन्द्र र २ को १४६ वटा केन्द्रका गरी कुल ३१७ जना मतदान अधिकृत र ३१७ जना सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रविलाल सुवेदीले जानकारी दिनुभयो ।
हिमाली क्षेत्रमा खटिएर जाने कर्मचारीका लागि २३ गतेदेखि तालिम प्रदान गरिएको हो । तल्लो क्षेत्रमा खटिनेहरू सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम आज सकिएको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा जाने कर्मचारीहरूलाई भोलिबाटै क्षेत्रमा खटाइने उहाँको भनाइ छ । तोकिएको समयमा नियुक्ति पत्र लिन नआउने कर्मचारीलाई क्षेत्रमा नपठाउने उहाँको भनाइ छ । कार्यालयले गोरखा क्याम्पसमा तालिम सञ्चालन गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्