विस्तृत शान्ति सम्झौताको जगमा संविधान बनेको हो ः प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विस्तृत शान्ति सम्झौताको जगमा संविधान बनेको बताउनु भएको छ ।
गोरखाको पालुङटार विमानस्थल बाहिर आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला विस्तृत शान्ति सम्झौता नभएको भए मुलुकले अझै धेरै क्षति हुनसक्ने बताउनुभयो । प्रचण्डले आफ्नो एउटै मात्र सपना विकास र समृद्धि रहेको बताउनुभयो ।
संविधानसभाबाट संविधान बनिसकेपछि स्थायित्व र विकासतर्फ देश जाला भनेर आफूले बाम गठबन्धन गरे पनि त्यो टिक्न नसकेको प्रचण्डले बताउनुभयो ।
कार्यक्रममा नेपालीका काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गोरखा निर्वाचन क्षेत्र नम्बर २ ९ख०का उम्मेदवार फडिन्द्र देवकोटा, गण्डकी प्रदेशका निवर्तमान मन्त्री हरिशरण आचार्य, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नारायण गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्