तपाईँ सुन्दै हुनुहुन्छः

अटो दुर्घटना हुँदा बाजे र नातिको मृत्यु

File Photo

ताप्लेजुङ ।  ताप्लेजुङमा अटो दुर्घटना हुँदा बाजे र नातिको घटनास्थलमै मृत्यु भएको छ । घटनामा चालक घाइते भएका छन् । जिल्लाको फुङलिङ नगरपालिका वडा नं ८ को घ्याङडाँडा दोखुमा ह २३९०० नम्बरको  आटो दुर्घटना हुँदा पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङ निवासी ७०  वर्षीय भनबहादुर गुरुङ र उनका नाति फुङलिङ नगरपालिका ८ निवासी ८ वर्षीय ईशान गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुर्घटनामा चालक गंगा राई घाइते भएका छन् र उनको  जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।  काठमाडौँ जानका लागि बिहान दोखुाबाट सुकेटार एरपोटका लागि अटो हिँडेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button