तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनलाई लक्षित गर्दै वीरग‌ंजमा नेपाल र भारतका प्रहरी अधिकृतहरू बीच छलफल

वीरगंज । मङ्सिर ४ मा हुने निर्वाचनलाई मध्यनजर गरि वीरगंजमा नेपाल र भारतका प्रहरी अधिकृतहरू बीच छलफल भएको छ । 

वडा प्रहरी कार्यालय बिर्तामा भएको छलफलमा वडा कार्यालय अन्तर्गतका सीमा नाकाहरूको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षाका विषयमा स्थानीयस्तरमा दुवै देशका प्रहरीहरू बीच सहयोग आदान–प्रदान, सीमा अपराध नियन्त्रण गर्ने विषयमा सहमति भएको छ । 

छलफलमा वीरगंज महानगरको मुख्य सीमा प्रहरी कार्यालय तथा भारतको विहार राज्यको रक्सौल सीमाका प्रहरी कार्यालयका अधिकारीहरूको सहभागिता थियो । 

छलफलमा नेपालका तर्फबाट वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल र रक्सौल प्रहरी कार्यालयका सब डिभिजनल पुलिस अफिसर श्री चन्द्र प्रकाशको नेतृत्वमा दुवै देशका सीमा क्षेत्रका प्रहरी अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button