तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ–३ काे प्रदेशसभा १ मा मनोनयन आज

काठमाडौं । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ को (१) मा मनोनयन दर्ताका लागि नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ–३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि आज मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button