मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
सप्तरी । हुलाकी सडक खण्ड अन्तरगत सप्तरीको पथरगाढामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नागरपालिका ९ बस्ने २३ वर्षीय दयानन्द साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेश सिंहले जानकारी दिनुभयो ।
प्रदेश २–०१–००१प७४२६ नम्बरको मोटरसाइकलले पथरगाढा नजिक कसाहा खोलामा साइकल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्