‘कालापानी, लिपुलेक र लिम्पियाधुरा कूटनीतिक पहलबाटै फिर्ता हुन्छ’
दार्चुला । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कूटनीतिक पहलबाटै फिर्ता हुने बताउनुभएको छ ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी आमसभामा प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापानी र लिपुलेक कूटनीतिक पहल मार्फत् फिर्ताको पहल गरिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक–वाम गठबन्धन अहिलेको आवश्यकता भएको जनाउनुभयो ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो ’। संविधानले नै दलगत गठबन्धन गर्नुपर्ने भएकाले अहिले संविधान जोगाउन राजनीतिक गठबन्धन गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्