कैदीबन्दी र कर्मचारीका लागि दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण
सुनसरी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिकमा मतदान गर्नका लागि सुनसरीमा कैदीबन्दी र कर्मचारीका लागि दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्रीय कारागार झुम्का रहेका एक हजार पाँच सय कैदीबन्दी मध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएकोले झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मी सहितका लागि जिल्ला समन्वय समिति सुनसरीमा एउटा गरि दुई वडा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
झुम्का कारागारमा ५८ जनामध्ये ३९ जना कैदी र १९ जना बन्दीले कारागारभित्रै अस्थायी मतदान केन्द्रबाट मतदान दिने र जिससमा तीन हजार छ ।
कारागारमा पुरुष कैदी तथा बन्दीलाई राखिने गरेको छ । सुनसरीमा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि ५सय ९१ मतदान केन्द्रमा पाँच लाख ४४ हजार ९सय४१ मतदाताले मतदान गर्ने भएका छन् ।
मङ्सिर ४ गते हुने निर्वाचनमा दुई लाख ७४ हजार ७०५ पुरुष र दुई लाख ७० हजार २३४ महिला गरि कुल पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका हुन् ।







प्रतिक्रिया राख्नुहोस्