तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ ।

केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल हुनुहुन्छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button