तपाईँ सुन्दै हुनुहुन्छः

द बिग क्लाइम्ब नेपाल टोली सगरमाथा आधार शिविर जाने

काठमाडौँ I सगरमाथा क्षेत्रका समुदायले सामना गर्नुपरेका जलवायु, वातावरणीय चुनौती तथा समस्याहरू पहिचान गर्ने उद्देश्य सहित द बिग क्लाइम्ब नेपाल टोली सगरमाथा आधार शिविर जाने भएको छ । 

द विग क्लाईमका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज र सगरमाथा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका कारण सामना गर्नुपरेको चुनौतीहरू स्थानीय तथा सरोकारवालामार्फत जानकारी लिने तथा सचेतना जगाइने नेपालका लागि युनेस्को प्रतिनिधि माइकल क्रोफ्टले बताउनुभयो ।

यस यात्रामा अन्तर्राष्ट्रिय धावक मिरा राई सहित, युनेस्को प्रतिनिधि, द बिग क्लाइम टिम च्यालेनका आरोहीहरू सहभागी हुदैछन् ।

पृथ्वी र मानिसलाई पारिरहेको असर तथा समस्याका बारे सचेतना जगाउने उद्देश्य स्वरूप द विग क्लइम्ब संस्थापक समूहले सन् २००६ यता ६ सय ५० बढी आरोहीहरूको नेतृत्व गरी विभिन्न देशका हिमाल आरोहण गदै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button