बाजुरामा मतपरिणाम घोषणा नभए सम्मका लागि मदिरामा रोक
बाजुरा।बाजुरामा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको जनाएको छ ।
आइतबार नेपाल सरकार गृह मन्त्रालयको पत्र मार्फत प्राप्त निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिको बैठक बसिसोमबार राती १२बजे देखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लामा मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताउनुभयो।
कोही कसैले सुरक्षा समितिको उक्त निर्णयको अवज्ञा गरि मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने विष्टले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्