भारत आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश
काठमाडौँ । भारत शीर्ष स्थानमा रहँदै अस्ट्रेलियामा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
भारतले दिएको १ सय ८७ रन को लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । जितसँगै भारतले समूह २ मा ५ खेलमा ८ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो ।
जिम्बावे भने ३ अङ्क जोडेर समूहको पुछारमा रह्यो । यस समूहबाट पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्यो । पाकिस्तानले ५ खेलमा ६ अङ्क जोड्यो । भारतको यस जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्याण्डले पाकिस्तानको समान गर्नेछन् ।
समूह १ बाट न्युजिल्याण्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्