निर्वाचनको मिति नजिकै गर्दा सल्यानमा उम्मेदवारको दौडधुप बढ्यो

सल्यान । आसन्न निर्वाचनको मिति नजिकै आउँदै गर्दा सल्यानका उम्मेदवारहरूको दौडधुप बढ्न थालेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव हुन दुई साताभन्दा कम समय भएपछि घरदैलो र भेलालाई प्राथमिकता दिँदै आएका उनीहरू कोणसभा तथा सभाको तयारी पनि गर्न थालेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले अहिले एकैदिन चारदेखि छ वटासम्म कार्यक्रम गर्न थालेका छन् । उम्मेदवार बजार केन्द्रितभन्दा गाउँ केन्द्रित बढी देखिएका छन् ।
चुनावको मिति नजिकिँदै आउँदा एकै दिन चा देखि पाँच वटासम्म कार्यक्रम भ्याउनु परिरहेको गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले बताउनुभयो ।
गठबन्धन दलका कार्यकर्ताको मनोभावना बुझ्दै विकास निर्माण र समृद्ध सल्यानको नारा लिएर मतदाताको घरघरमा पुगिरहेको उहाँको भनाई छ ।
जिल्लादेखि पालिकासम्म संयुक्त रूपमा कार्यकर्ता भेला गरेको बाम÷लोकतान्त्रिक गठबन्धनले अब जिल्लाका ८३ वटै वडामा चुनावी सभा गर्दैछ ।
कात्तिक २१ गतेदेखि मङ्सिर २ गतेसम्मका लागि चुनावी सभाको कार्यक्रम गरिने जिल्ला निर्वाचन परिचालन मुल समितिका प्रवक्ता रत्नबहादुर वलीले जानकारी दिनुभयो ।
वडा स्तरमा चुनावी सभाको आयोजना हुने र सिँधै मतदातासँग उम्मेदवार पुग्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
निर्वाचन परिचालन सीमितका संयोजक टेकबहादुर बस्नेत तथा उम्मेदवारहरू प्रतिनिधिसभाका प्रकाश ज्वाला, प्रदेशसभा क का भीम प्रकाश शर्मा र ख का सुरेश अधिकारीको नेतृत्वमा ४ छुट्टाछुटै टोली बनाएर वडासम्म चुनावी सभाका कार्यक्रम तय गरिएको उहाँको भनाई छ ।
यस्तै, नेकपा एमाले पनि भेटघाटसँगै चुनावी सभाको तयारी थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्