तपाईँ सुन्दै हुनुहुन्छः

 पुलबाट लडेर एक वृद्धको मृत्यु

धनकुटा  ।  धनकुटाको मुलघाट पुलबाट लडेर आज एक वृद्धको मृत्यु  भएको छ । 

मृत्यु  हुनेमा धनकुटा नगरपालिका वडा नं ९ मुलघाटका वर्ष ७५ का छत्रमुखी साङपाङ राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बिहान करिब साढे १० बजे तिर धनकुटा नगरपालिका बाट सागुरीगढी  बुढीमोरङ  तिर जाने  पुल तर्नेक्रममा उनी लडेर झण्डै ३० मिटर तल झरी ढुङ्गामा पछारिएर मृत्यु  भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button