संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक : प्रवक्ता डा.महत

धनगढी । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता डा.महतले गठबन्धनमा सबैभन्दा ठुलो दल काँग्रेस रहेकाले मङ्सिर ४ गतेपछि सरकारको नेतृत्व काँग्रेसले दाबी गर्नु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले देशभर पाँच दलीय गठबन्धनका पक्षमा जनलहर चलेको उल्लेख गर्दै काँग्रेसले ८० सिटभन्दा बढी जित्ने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्