संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : नेता सिंह
काठमाडौँ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ ।
सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूचीअनुसार कानून बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताउनुभयो ।
“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुप¥यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्