तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता–२०२२ सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका कराँते खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनुभयो । बुद्ध शक्ति कराँते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु क्षेत्र नं ३ (१) का उम्मेदवार अर्जुनकुमार केसीले खेलकुदको माध्यमबाट यस क्षेत्रको खेलाडीहरूले राष्ट्रियस्तरमा अवसर पाउने बताउनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार मेडलसहित प्रमाणपत्र रहेको आयोजक बुद्ध शक्ति कराते डोजोको संयोजक रामु सुनारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button