कैलालीमा तीन जनाले मात्रै हातहतियार बुझाए
टीकापुर कैलाली । कैलालीमा अहिलेसम्म तीन जनाले मात्रै हातहतियार बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार प्रशासनको सूचनापछि कैलालीमा तीन जनाले मात्र हतियार बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आफूसँग भएका इजाजत प्राप्त हातहतियार कार्तिक ५ गतेभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरू कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत जानकारी गराइएको थियो ।
सोही अनुसार जिल्लाभरिमा तीन जनाले मात्र हातहतियार बुझाएको तर अघिल्लो चुनावमा बुझाएका १० वटा हतियार पनि अहिलेसम्म प्रहरीकै मातहतमा रहेका प्रवक्ता जोशीले बताउनुभयो ।
निर्धारित समयमा हातहतियार नबुझाउनेहरूसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रवक्ता जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्