तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक युवकको मृत्यु

file photo

पाल्पा । पाल्पाको दोभानमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

आज दिउँसो करिब ३ः०० बजेको समयमा भएको दुर्घटनामा स्याङ्जा चापाकोट नगरपालिका ५ का ४१ बर्षीय मोहनप्रसाद पाण्डेको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ग१६प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख २४९ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको पाल्पाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button