तपाईँ सुन्दै हुनुहुन्छः

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

भादगाउँ I हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । 

उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा  बिहानै नुहाई धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा  दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवतरुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खिरको भोजन चढाइन्छ । 

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्य विनायकको लिखा नारायण, चाँगुनारायण नगरपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक बिदा दिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button