इलामका दुई ‘हेभी वेट’ नेताद्वय खनाल र नेम्वाङ इतिहास दोहोर्याउने दाउमा

इलाम । इलामका दुई ‘हेभी वेट’ नेताद्वय झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ इतिहास दोहोर्याउने दाउमा छन् । २०७४ को निर्वाचन सम्म एमालेबाट झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट र सुवासचन्द्र नेम्वाङ्ग क्षेत्र नं. २ बाट उम्मेदवार थिए । यसअघिका निर्वाचनहरूमा एकै दलबाट निर्वाचनमा उम्मेदवार बनेका खनाल र नेम्वाङ अहिले फरक दलबाट चुनावी प्रतिस्पर्धामा छन् । खनाल सातौँ पटक नेम्वाङ्ग पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा छन् ।
छैटौँ पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौँ पटक अर्थात् यसपटक भने नेकपा (एकीकृत समाजवादी) चुनावमा मैदानमा छन् । २०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचन लड्नु भएका खनालले ३६ हजार ८०५ मत प्राप्त गरी नेपाली कांंग्रेसका भुपेन्द्र कट्टेललाई पराजित गर्नु भएको थियो । यस पटक भने खनालले गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएको हो । छैटौँ पटकको प्रतिस्पर्धामा खनाल एक पटक नेपाली कांग्रेसका बेनुप प्रसाईँसँग पराजित बन्नु भएको थियो ।
सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नु भएका खनालको मुख्य प्रतिस्पर्धीलाई एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत रहनु भएको छ । खनाललाई गठबन्धनको साथ भएपनि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन पछि काँग्रेसप्रतिको खनालको अभिव्यक्ति, कार्यपालिका र जिल्ला समन्वय समितिमा एमालेसँग गरेको गठबन्धनका कारण कांग्रेसका कतिपय कार्यकर्ता सन्तुष्ट नभएको कारण खनाललाई जीत सहज छैन ।
नेम्वाङ भने पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । अहिलेसम्म हार व्यहोर्नु नपरेका नेम्वाङलाई यस पटक भने सहज छैन । २०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचन लड्दा ३६ हजार ५१७ मत प्राप्त गरी नेपाली कांग्रेसका केशव थापालाई पराजित गर्नु भएको थियो ।
चौथो पटक सम्म सहज जीत हासिल गर्नु भएका नेम्वाङका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर बहादुर खड्का हुनुहुन्छ । युवा नेता खड्कालाई गठबन्धनको साथ छ जसले गर्दा नेम्बाङलाई यस पटकको निर्वाचनमा सहज छैन । जिल्लामा कुल दुई लाख २४ हजार ८७७ मतदाता रहेका छन् । इलाममा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्