प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरामा
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।
प्रधानमन्त्री देउवा हेलिकप्टरबाट केही बेरअघि डडेल्धुरा पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवा बुधबार धनगढी आई पुग्नुभएको थियो । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आज डडेल्धुराको बसपार्क क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्