तपाईँ सुन्दै हुनुहुन्छः

विगतमा जनमतको कदर हुन सकेन : मन्त्री कुँवर

अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाम गठबन्धनलाई प्राप्त जनमतको कदर हुन नसकेको बताउनुभएको छ ।

अछाम क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले रामारोशनको बाटुलासेनमा घरदैलो गर्दै सो कुरा बताउनुभएको हो ।

स्थिरता, विकास र समृद्धिका लागि २०७४ सालमा जनताले दिएको मतको कदर हुन नसकेका कारण अहिले बाम–लोकतान्त्रिक गठबन्धन बनेको उहाँको भनाई छ ।

अहिलेको गठबन्धन पछिसम्म कायम हुने भन्दै उहाँले यही गठबन्धनले विकास, सुशासन र समृद्धि ल्याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button