तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख निर्वाचन आयुक्त थपलियासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ  । प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताले आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो।

प्रमुख निर्वाचन आयुक्तले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य  निर्वाचनको अवलोकन गर्न समेत महामहिम राजदूतलाई आमन्त्रण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button