तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार 

काठमाडौं । रुसले युक्रेनको राजधानी कियभमा रहेका विद्युत् र पानी वितरणमा लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।

कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।

राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विद्युत्  प्रसारण  रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्‍याउन नसकिएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button