काँग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ: मन्त्री कार्की
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ ।
सुनसरीको कोशी गाउँपालिका–५ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा उहाँले मङ्सिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि काँग्रेसले आफ्नो घोषणापत्रमा नेपाली जनता समक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताउनुभयो ।
लोकतान्त्रिक वाम–गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रमा रहेको स्कुल र मदरसालाई स्मार्ट स्कुलका रूपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा रहेको मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी उहाँले दिनुभयो ।
नेपालमा जलस्रोत, पर्यटन, व्यवसाय कृषिको प्रचुर सम्भावना रहेकाले यो सबै क्षेत्रको विकास गरेर देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकास गर्न सकिने मन्त्री कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्