तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता: गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताउनुभएको छ ।
नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन गरिएको हो ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताउनुभयो ।
उहाँले पूर्व प्रहरीहरूलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्ति समेत लाभान्वित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button