तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिका ५ का वडा अध्यक्षको निधन

गोरखा । जिल्ला स्थित गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको  निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो ।
अस्पताल ल्याउँदा उहाँको मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । वडाध्यक्ष रानाको राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी छ ।
वडाध्यक्ष रानामगर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button