‘गणतन्त्र र सङ्घीयता बचाउन पाँच दलीय गठबन्धन’
भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक कार्यक्रममा उहाँले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई सङ्कटबाट जोगाउनका लागि पनि भएको बताउनुभयो ।
टिकट बाँड्दा पार्टीको केही कमीकमजोरी रहेको स्विकार्दै परियारले यसको जिम्मेवारी आफूले पनि लिने बताउनुभयो । कार्यक्रममा उहाँले नेपाल संवत् ११४३ नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला, मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री रजनी जोन्छे, नेता बाबुराजा जोशी, नारायण तमखु लगायतले निर्वाचन एक मात्र दृष्टि रहेको र यसलाई सफल पार्ने बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्