तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम तिपेनी कप फाइभ–साइड ए फुटबलको उपाधि हाम्रो टिम मेलम्चीलाई

सिन्धुपाल्चोक । प्रथम तिपेनी कप फाइभ–साइड ए फुटबल प्रतियोगिताको उपाधि हाम्रो टिम मेलम्चीले जितेको छ ।
तिपेनीस्थित क्षेत्रपालेश्वरी माविको मैदानमा मङ्गलवार भएको प्रतियोगिताको फाइनल खेलमा भोताङ ग्रिन पाँच पोखरीलाई ५–० गोलअन्तरले हराउँदै मेलम्चीले उपाधि उचालेको हो ।
विजेता मेलम्चीले ट्रफीको साथमा ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता भोताङले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार हात पार्यो । थाङपाल च्यो–च्यो युवा क्लब गुन्सा तेस्रो भयो । उसले ट्रफी पायो ।
आयोजक युनाइटेड तिपेनी पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका अध्यक्ष भूपाल शिवभक्तीले विजयी टोली र खेलाडीहरूलाई ट्रफी, नगद, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । कात्तिक ६ गतेदेखि सञ्चालित प्रतियोगितामा विभिन्न १४ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button