त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्य सम्राट् बालकृष्ण समको पूर्ण कदको सालिकमा पनि माल्यार्पण गर्नुभयो ।
सञ्चार ग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्य सभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।
साहित्यकार डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौडयाल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्य सम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो ।
कविशिरोमणि, नाट्य सम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।









प्रतिक्रिया राख्नुहोस्