नेटवर्क समस्या समाधानका लागि काम सुरु भएको छः मन्त्री कार्की
सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीमा नेटवर्क समस्या समाधानका लागि फाइवर नेटवर्कको काम सुरु भएको बताउनुभएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहामा शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कार्कीले मोबाइल नेटवर्कको समस्यालाई सदाका लागि अन्त्य हुने गरि काम अगाडी बढेको उल्लेख गर्नुभयो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को कोसी गाउँपालिकाको भाण्टाबारी र बराहक्षेत्र नगरपालिकामा फाइवर नेटवर्क विस्तारको काम सुरु भएको बताउनुहुँदै मन्त्री कार्कीले सुनसरीमा नेटवर्क विस्तारका लागि टेण्डर भइसकेको जानकारी दिनुभयो ।
समस्या समाधानका लागि आफू सञ्चारमन्त्री भएपछि टेण्डर प्रक्रियाबाट काम सुरु भएको उहाँले बताउनुभयो ।
२०७४ सालको निर्वाचनमा जनतासँग गरेका बाचा असी प्रतिशत पूरा गरेको बताउनुहुँदै उहाँले सदैव जनताको दुःख सुखमा साथ दिँदै आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्