पौडी खेल्ने क्रममा एक जना बेपत्ता
सल्यान । पोखरीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता हुनुभएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका अन्दाजी ४० वर्षीय तिलाराम नेपाली बेपत्ता हुनुभएको हो ।
मङ्गलवार दिउँसो घर नजिकै रहेको मैदुमा रहेको मैदुपोखरीमा पौडी खेल्ने क्रममा नेपाली बेपत्ता हुनुभएको बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष जीवन सिंह ठकुरीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्