महाकवि देवकोटाको सम्झनामा साहित्यकार र जनप्रतिनिधिबीच संवाद
बारा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा बाराको सिमरामा साहित्यकार र जनप्रतिनिधिबीच संवाद तथा रचना बाचन गरि जन्मजयन्ती मनाइएको छ ।
सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले साहित्यलाई विद्यालय स्तरबाट विकास गर्ने गरि योजना बनाइएको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकालाई साहित्यबाट पहिचान बनाउन साहित्य समाजसँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, सिमरा साहित्य समाजका अध्यक्ष सालिकराम अधिकारी, संस्थापक रामप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्