पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु
पाल्पा । पाल्पा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका ९ जब्गादीका २९ बर्षीय विष्णुबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
श्रेष्ठ आज बिहान करिब १०ः०० बजेको समयमा घाँस काट्न रुखमा चढेको र अचानक ३ फेस लाइन छुन गई घाइते भएकोमा उपचारका लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्