तपाईँ सुन्दै हुनुहुन्छः

सबैभन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु

सोलुखुम्बु । नेपालकै सबैभन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ धापबाट सुरु भएको ३१० किलोमिटर लामो १५ दिने ट्रेलमा ३९ जना विदेशी र चार जना नेपाली धावक सहभागी भएका छन् ।
ओलम्पिक विजेता दाछिरि शेर्पाको नेतृत्वमा सुरु भएको ट्रेल पिके–दूधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर सोलुखुम्बुको सदरमुकाम नजिक फाप्लुमा आएर समापन हुनेछ ।
द स्माल वर्ल्ड (टिएसडब्लु)को आयोजना तथा दाछिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल’को उद्घाटन गर्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद निरौलाले ट्रेलले आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।
यस अवसरमा आयोजक संस्था टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले तल्लो सोलुको पर्यटन विकास र रोजगारीका लागि पनि ‘सोलुखुम्बु टे«ल’ महत्त्वपूर्ण हुने बताउनुभयो । त्यस्तै, ट्रेल’को नेतृत्वकर्ता अन्तर्राष्ट्रिय धावक दाछिरि शेर्पाले खेल पर्यटनको सम्भावना दर्शाउन सहयोगी बन्ने बताउनुभयो ।
कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा विदेशीहरूले म्याराथनको भिडियो डकुमेन्ट्री निर्माण गरी विश्वका महत्त्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने भएकाले सिङ्गो देशको खेल पर्यटनको प्रवर्द्धन हुने अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button