जुम्लामा राती ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने
जुम्ला । नेपालीहरूको महान् दोस्रो चाड दीपावली (तिहार) सुरु भएसँगै देउसी भैलो खेल्न थालिएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन जुम्लामा राती ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुरोध गरेको छ ।
सोमबार सूचना जारी गर्दै प्रशासनले राती ८ बजेपछि देउसी भैलो लगायत कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्न जिल्लावासीमा अपिल गरेको छ । राती ८ बजेपछि देउसीभैलो नलेख्न, होहल्ला नगर्न, जाड रक्सी नखान, जुवा ताज नखेल्न, रङ्ग मिसाएको खाद्य पर्दाथ नबेच्न र पट्का विष्फोटक पर्दाथ विक्री नगर्न आम उपभोक्ता,व्यापारी सर्वसाधारणलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
सूचनाको अटेर गरी गतिविधि गर्ने जोसुकै व्यक्ति समूहलाई प्रचलित कानुन बमोजिम कारबाही समेत गरिने भएको छ ।
साथै प्रशासनले दीपावलीको समयमा दियो, मैनबत्ती लगायत विद्युतीय उपकरणको प्रयोग गर्दा विपद्जन्य घटना घट्न सक्ने भएकोले विशेष ख्याल पुर्याउन समेत अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्