भारतले पाकिस्तानलाई हरायाे
काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । आईतबार भएको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको हो ।
जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतलाई जिताउन विराट कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।
हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए ।
पाकिस्तानका लागि हरिस रउफ र मोहम्मद नवाजले दुई दुई विकेट लिए । नसिम शाहको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियाे ।
पाकिस्तानका लागि इफ्तिहारले ३४ बल २ चौका र ४ छक्का खेल्दै ५१ रन बनाए । मक्शुदले ४२ बलमा ५ चौका मद्दतले ५२ रन बनाए ।
भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ३२ ओभरमा ३ विकेट लिए । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । भुबनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।








प्रतिक्रिया राख्नुहोस्