तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन पर्साद्वारा पटाकाको प्रयोगमा प्रतिबन्ध

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै दीपावली तथा छठ पर्वको अवसरमा विष्फोट पदार्थ तथा पटाकाको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा आज जारी सूचनामा चाडपर्वको अवसर पारी भुईचम्पा, रकेट, पटाका जस्ता विष्फोटक र उज्वलनशिल सामाग्रीको प्रयोगले आगलागी, शारीरिक दुर्घटना र धनजनको क्षति समेत हुन सक्ने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग, ओसारपसार, खरिद विक्री पूर्ण रुपमा रोक लगाइएको जनाइएको छ ।
जारी सूचनामा यदि कोही कसैले रोक लगाइएको क्रियाकलापमा गैरकानुनी रुपमा संलग्न भए गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनद्वारा जारी सूचनामा तिहारमा देउसी, भैलो कार्यक्रम बेलुका १० बजेसम्म मात्र सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button