तिहार नजिकिएपछि टीकापुर बजारमा चहलपहल बढ्यो
टीकापुर कैलाली । तिहार नजिकिएपछि टीकापुर बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक खाद्यान्न, पूजा सामग्री, भाइटिकाका लागि आवश्यक माला, टिका र भाइ मसला लगायतका सामान किन्नेहरू बढिरहेका छन् ।
यस वर्ष तिहारको अवसरमा तिहार मेला पनि लागेपछि सामान किन्नेहरू बढेका छन् । पूजा र भाइटिकाका लागि आवश्यक सबै सामान एकै ठाउँमा पाइने भएपछि मानिसहरू किनमेलका लागि टीकापुरको भानु चोकमा लागेको मेलामा जाने गरेका छन् । टीकापुरकी ऐश्वर्य बम पनि तिहारका लागि आवश्यक सामान किन्न त्यही मेलामा पुग्नु भएको र सबै सामान एकै स्थानमा पाउँदा खुसी हुनु भएको छ ।
राधादेवी सोडारीले पनि आवश्यक सबै सामान एकै स्थानमा पाइने भएका कारण मेलामा रमाइलो लागेको र आफूलाई सामान किन्न सहज भएको बाउनु भयो । शनिवारबाट शुरु भएको तिहार मेलामा ६० वटा पसल सञ्चालनमा आएका र ती पसलबाट पालिकाले निश्चित शुल्क लिने गरेको नगर प्रहरीका इन्चार्ज पहल शाहले बताउनुभयो ।
यस वर्ष तिहार शुरु भएपछि भाडा पसलमा पनि कारोबार बढेको र यसका साथै फेन्सी कपडा पसल, खाद्यान्न पसलमा समेत किनमेल बढेको व्यापारीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्