धनुषामा एम्बुलेन्सबाट तस्करी भएको घटना सार्वजनिक

जनकपुरधाम। धनुषा जिल्लामा एम्बुलेन्सबाट तस्करी हुने गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरीले जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ कटरैटवाट मे.१ च. ३५० नं.को एम्बुलेनसमा भारतको जयनगरबाट जनकपुर तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेर ल्याइरहेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएपछि सोको पुष्टि भएको छ ।
एम्बुलेन्सबाट प्रहरीले प्रतिबन्धित पटाकाहरु पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भयो । पक्राउ परेका एम्बुलेन्स तथा तस्करी गरि ल्याएको सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएको छ ।
मानवीय सेवामा रहेको एम्बुलेन्सबाट सामान तथा विस्फोटक पदार्थ पटकाको तस्करी हुनु निक्कै ठूलो चुनौतीको रुपमा रहेको छ । यसै बीच नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश प्रसाद सिंहले यो निक्कै गंभिर विषय भएको बताउनु भयो ।
एम्बुलेन्समा मालसामान ल्याएको देखेपछि स्थानीय बासीले रोकेर विरोध गर्दा वादविवाद भएपछि एक जनाले प्रहरीलाई खबर गरेको र चालकले प्रहरीलाई देखेपछि फरार भएका थिए । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्